नारायणघाट बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने सडक आजराती बन्द हुने

133
0
Share:

काठमान्डौ/नारायणघाट बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने सडक आजराती बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले एक सूचना जारी गर्दै सोमबार भासिएको सडक मर्मत गर्न आजराती १० बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने जानकारी दिएको हो ।

 

प्रशासनले भनेको छ-दाउन्ने जंगलको खुर्साने खोलास्थित पूर्व-पश्चिम राजमार्गको सडकखण्डमा अविरल वर्षाले सडक रिटेनिङ वालु भत्किएको, करिब ४ मिटर सडक भासिएको साथै विद्युत प्रसारणको हाई टेन्सन टावरु समेत ढलेको कारणबाट पूर्ण रुपमा यातायात सेवा अवरुद्ध हुन गएकोमा मिति २०८१/०६/१५ गते विहान ८:४५ बजेदेखि यातायात संचालनमा आए तापनि सडक मर्मत गरी सहज रुपमा यातायात संचालनमा ल्याउने प्रयोजनका लागि यही मिति २०८१/०६/१५ गते राति १०:०० बजेदेखि मिति २०८१/०६/१६ गते विहान ५:०० बजेसम्मका लागि बर्दघाट बजारदेखि जिल्लाको पूर्वी सीमाक्षेत्र दाउन्ने बजारसम्म यातायातका अत्यावश्यक बाहेकका सम्पूर्ण साधनहरु संचालनमा रोक लगाइएकोले यो सूचना जारी गरिएको छ ।

Share: