Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रुम्जाटारमा हवाई उडान पुन:सञ्चालन – Lekhanpeeth

रुम्जाटारमा हवाई उडान पुन:सञ्चालन

134
0
Share:

काठमान्डौ/यहाँको रुम्जाटार विमानस्थलमा हवाई उडान पुन:सञ्चालनमा आएको छ । करिब पाँच वर्षपछि आइतबार विमानस्थलमा पुन:उडान भएको हो ।

 

विगतमा नियमित उडान हुँदा नेपाल एयरलाइन्सले काठमाडौँ–रुम्जाटार सेवा दिँदै आएको थियो । आइतबार समिट एयरलाइन्सले परीक्षण उडान गरेको छ । काठमाडौँबाट चालक दलका चारसहित १८ यात्रु लिएर आएको समिट एयरले अवतरण गरेको थियो ।

 

वर्षातका कारण आएको बाढीले बिपी राजमार्ग बन्द हुँदा सिधा सवारीमा यात्रा गर्ने सम्भावना नभएकाले रुम्जाटारमा विमान आउँदा स्थानीयलाई यात्रा गर्न सहज भएको छ । यस विमानस्थलमा नियमित उडानको पहल गरिएको सांसद रामहरी खतिवडाले बताए । उनका अनुसार प्रत्येक साताको आइतबार समिट एयर र बुधबार नेपाल एयरलाइन्सले सेवा दिने छन् । काठमाडौँ–रुम्जाटारको भाडा चार हजार पाँच सय तोकिएको छ ।

Share: