Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दशैमा राजधानी छोड्नेको संख्या गत वर्षको भन्दा आधाले घट्यो – Lekhanpeeth

दशैमा राजधानी छोड्नेको संख्या गत वर्षको भन्दा आधाले घट्यो

186
0
Share:

काठमान्डौ/यस बर्ष दशैमा राजधानी छाड्नेको संख्या गत वर्षको भन्दा आधाले घटेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ५ लाख ६६ हजार २ सय ८१ जनाले दशैका लागि काठमाडौं छाडेका छन् ।

 

पछिल्लो २४ घण्टामा १ लाख भन्दा बढीले राजधानी छाडेको कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले जानकारी दिएका छन् । गत वर्ष यहि अवधिमा १० लाखभन्दा बढीले राजधानी छाडेका थिए ।

 

काठमाडौं जोड्ने अधिकांस राजमार्ग अविरल वर्षाका कारण क्षतविक्षत भएपछि यस बर्ष दशैमा राजधानी छोड्नेको संख्या आधाले घटेको हो । अहिले पनि बाढीले सडक बगाएका अरनिको राजमार्ग, वीपी राजमार्ग संचालन हुन सकेका छैनन् ।

Share: