सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

79
0
Share:

काठमान्डौ/आज सुनचाँदीको मूल्य बढेको छ । दशैको बिदापछि आज सुनको मूल्य तोलामा १३ सयले बढेर छापावाल सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share: