
काठमान्डौ/नेकपा एमालेले पार्टी केन्द्रीय भवन दानमा स्विकार्ने निर्णयविपरीत बोल्ने नेताहरूलाई स्पष्टीकरण सोधेको छ । मंगलबार एमालेले ७ दिन म्याद दिएर तीन नेतालाई स्पष्टीकरण सोधेको हो ।
पार्टीले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई स्पष्टीकरण सोधेको एक नेताले बताए ।
यसअघि एमाले सचिवालय बैठकले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।