Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी [सूचनासहित] – Lekhanpeeth

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी [सूचनासहित]

157
0
Share:

काठमान्डौ/ काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै स्वास्थ्य तर्फका विभिन्न पदका लागि एक सय आठ जना कर्मचारी माग गरेको हो।

 

महानगरले आठौँ तहको मेडिकल अधिकृत (डाक्टर) पदमा चारजना, पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, फिजियोथेरापी असिस्टेन्ट ३२ जना, स्टाफ नर्स पाँचजना, फार्मेसी सहायक १० जना, रोडियोग्राफर एक, तथ्यांक सहायक एक र कार्यालय सहयोगी २६ जना गरी एकसय आठ जना कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ।

 

लोक सेवा आयोगबाट सिफारिस वा अन्यत्रबाट स्थायी प्रकृतिको कर्मचारी सरुवा भइ नआएसम्म यस आर्थिक वर्षको असार मसान्तसम्मको लागि कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ।

 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

Share: