Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अमेरिकी युद्धविराम प्रस्ताव इजरायलद्वारा अस्वीकार – Lekhanpeeth

अमेरिकी युद्धविराम प्रस्ताव इजरायलद्वारा अस्वीकार

169
0
Share:

काठमान्डौ/उत्तरी गाजामा रहेको विद्यालयमा राखिएको सेल्टर भएको इजरायली आक्रमणमा कम्तीमा सात जनाको ज्यान गएको छ। अल जजिराले ठुलो विस्फोट र आगो बलिरहेको दृश्य खिचेको जनाएको छ। २०२३ अक्टोबर ७ देखि सुरु भएको इजरायली आक्रमणमा ४२ हजार ७१८ जना मारिएको तथा एक लाख २८२ जना घाइते भएको जनाएको छ।

 

प्राध्यापक तथा हिजबुल्लाह विशेषज्ञ अमाल साद गोयरावले अमेरिकी आडमा इजरायलले पछिल्लो ७२ घण्टामा धेरै युद्ध अपराधको घटना गराएको आरोप लगाएको छ। पछिल्लो समाचार अनुसार अमेरिकी प्रतिनिधित्व गर्दै आमोस हिचेस्टाइनले सोमबारदेखि वार्ता सुरु गरेका छन्। उनले लेबनानमा प्यालेस्टाइनी सभामुख नबिह बेरीसँग सोमबार तथा अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लीन्केनसँग मंगलबार भेट गरेका छन्।

 

होचेसटाइनलले युद्ध रोकिने बाटोसहित वार्ता सुरु गरेको जनाइएको छ। वार्तामा लेबनानको सम्प्रभुताको विषय मुख्य रूपमा उठाइएको छ। धेरै मानव अधिकारवादीको मतमा उत्तरी गाजामा आदीबासीको समाप्तिको विषयमा अहिले भिन्न मत उत्पन्न हुन थालेका छन्।

 

अहिले गाजमा रहेका ब्लिन्केनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा रणनीतिक मामला सल्लाहकार रोम डरमसँग भेट गरेका छन्। यस विषयमा एउटा योजनामा छलफल भएको जनाइएको छ।

 

समाचार श्रोतका अनुसार ब्लिन्केनको सुरुवाती प्रस्तावलाई नेतान्याहुले अस्वीकार गरेका छन्। अर्को समाचारका अनुसार ४ अक्टोबरमा विस्फोट भएको स्थानमा नेता हसिम सादेफाइनको उपस्थिति तथा उनको अवस्थाका बारे हिजबुल्लाहले कुनै प्रतिक्रिया जनाएको छैन।

Share: