Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
इन्डोनेसियाबाट १५० भन्दा बढी रोहिंग्या शरणार्थीको उद्धार : राष्ट्रङ्घ – Lekhanpeeth

इन्डोनेसियाबाट १५० भन्दा बढी रोहिंग्या शरणार्थीको उद्धार : राष्ट्रङ्घ

131
0
Share:

काठमान्डौ/इन्डोनेसियाबाट अधिकाशं महिला तथा बालबालिका सहित १५० जना भन्दा बढी रोहिंग्या शरणार्थीको उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीले शुक्रबार जनाएको छ । एजेन्सीका अनुसार उनीहरू चढेको डुङ्गा समुद्रमा केही दिन देखि फसेको अवस्थामा उनीहरुको उद्धार गरिएको हो ।

 

मुस्लिम समुदाय निकट रोहिंग्याहरू म्यानमामा पिडित भएकाले हरेक वर्ष हजारौंको सङख्यामा मलेसिया इन्डोनेसियालगायतका देशमा पुग्नका लागि खतरापुर्ण समुद्री यात्रा गर्ने गर्छन्।

 

करिव १५२ जना यात्रु बोकेको डुङ्गा दक्षिण आचेह जिल्लाको तटबाट एक माइल टाढा केही दिनसम्म रहेकिएको थियो । केही दिन पछि अधिकारीहरूले उनीहरूलाई अवतरण गर्न दिने निर्णय गरेसँगै अन्ततस् बिहीबार दिउँसो उनीहरूलाई किनारमा ल्याइएको हो ।

 

मानव जीवन बचाउने प्रयासका साथै करिब शरणार्थीलाई अवतरण अनुमति दिएकोमा युएनएचसीआर अधिकारी र स्थानीय समुदायलाई युएनएचसीआरका फैसल रहमानले धन्यवाद दिएका छन् । उनका अनुसार शरणार्थी मध्येका धेरै जना कमजोर महिला तथा बालबालिका थिए जो मानव बेचबिखनको सिकार भएका थिए ।

 

इन्डोनेसिया राष्ट्रसङघीय शरणार्थी महासन्धिको हस्ताक्षर कर्ता नभएकाले म्यानमाबाट शरणार्थीहरू लिन बाध्य नभए नि छिमेकी देशहरूको बोझ बाँड्न र किनारमा आइपुगेका रोहिंग्याहरूलाई पुनः स्थापित गरी मानवियता रक्षा गर्न आह्वान गरिएको छ ।

Share: