
काठमान्डौ/भारतको सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा संजीव खन्ना नियुक्त भएका छन् । खन्ना भारतको ५१ औँ प्रधानन्यायाधीश बन्ने भएका हुन् ।
हालका प्रधानन्यायाधीश डीवाई चन्द्रचुंड ११० नोभेम्बरमा सेवानिवृत्त हुँदै छन् । खन्नाले ११ नोभेम्बरमा प्रधानन्यायाधीशको शपथग्रहण गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सर्वोच्च अदालतभन्दा अगाडि उनी दिल्लीको तीन हजारी अदालत, दिल्ली उच्च अदालतमा न्यायाधीश रहिसकेका छन् ।