
काठमाडौं/ललितपुरको जावलाखेल मैदानमा जारी १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म रु. ९० लाखको कारोबार भएको छ ।
उक्त मेलाले फूलखेती व्यावसायिकरुपमा फस्टाइरहेको संकेत गरेको संयोजक तामाङ बताउँछन् । नेपालमा हाल ५२ जिल्लामा दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा रु. आठ अर्ब ८३ करोड भन्दा बढीको लगानी भएको छ । यस व्यवसायमा एक हजार एक सयभन्दा बढी व्यवसायी संलग्न छन् ।