छठ पूजाका लागि दुलही झैँ सिंगारिए वीरगञ्जका पोखरी

88
0
Share:

काठमान्डौ/यस वर्ष छठ पर्वको मुख्य दिन यही कार्तिक २२ गते बिहीवार कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेषगरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।

 

हिन्दूहरुको महान पर्व छठको अवसर पारेर वीरगञ्जका विभिन्न पोखरी तथा नदी घाटलाई दुलही झैँ सिंगारिएको छ ।

 

वीरगञ्जमा प्रायः घरनजिकैको पोखरी तथा छठ घाटमा गएर छठ पूजा गर्ने चलन छ । त्यसैले स्थानिय वासिन्दाहरुले आ–आफ्नो घरनजिकै रहेका पोखरी तथा घाटलाई सरसफाइ तथा सजावट गरेर चिटिक्क पारिरहेका छन् ।

 

वीरगञ्ज महानगरभित्र घडीअर्वा पोखरी, रानीघाट छपकैयाको छठघाट, माईधिया पोखरी, नगवा पोखरी, सोलकपुर चोर्नी तथा परसवाको छठघाटमा विशेष सजावट गरेर छठ पर्व मनाइँदैछ ।

Share: