रविलाई आज अदालतमा उपस्थित गराइयो

67
0
Share:

काठमान्डौ/सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

उनीसहित छविलाल जोशी, जीवी राईसँग जोडिएका लीला पछाइ र नेचर हर्ब्सका रामबहादुर खनाललाई पनि अदालत उपस्थित गराएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा राखेर उनीमाथि अनुसन्धान जारी छ । उनलाई यही कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो ।

 

उनीमाथि अनुसन्धानका निम्ति यसअघि दुईपटक म्याद थप भइसकेको छ । पहिलोपटक ६ दिन म्याद थपिएको थियो । दोस्रोपटक सात दिन म्याद थपेर अनुसन्धान गरिएको थियो । सहकारी ठगीमै पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी र लीला पछाईंलाई पनि अदालतमा उपस्थित गराइएको छ ।

Share: