Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता – Lekhanpeeth

रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता

130
0
Share:

काठमान्डौ/काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिना सम्बन्धमा आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको हो। सरकारी वकिल कार्यालयले ३९ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

 

प्रहरीले ४४ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो। पाँचजनाको ठेगाना नखुलेको कारण मुद्दा दायर भएन।

 

दुई अर्ब ४१ करोड बिगो कायम गरी मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए। पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्व समेत सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर भएको छ।

Share: