Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पाथीभरा केबलकार स्टेशन शिलान्यास गर्न खोज्‍दा झडप, तीन जना घाइते – Lekhanpeeth

पाथीभरा केबलकार स्टेशन शिलान्यास गर्न खोज्‍दा झडप, तीन जना घाइते

184
0
Share:

काठमान्डौ/ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० काफ्लेपाटीमा केबुलकारको विषयलाई लिएर झडप भएको छ। पाथीभरा दर्शन केबलकार निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममा स्थानीय पहिचान पक्षधरद्वारा अवरोध भएपछि आज(शुक्रवार) झडप भएको हो।

 

पाथीभरा दर्शन केवलकार निर्माणको आज शिलान्यास गर्ने कार्यक्रम हुँदै गर्दा पाथीभरालाई मुकुम्लुङका रूपमा आस्था राख्दै आएकाहरूले अवरोध गरेका हुन्। पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै लामो समयदेखि पहिचान पक्षधरहरू आन्दोलित हुँदै आएका छन्।केवलकार निर्माण भए प्रकृति नष्ट हुने बताउँदै उनीहरूले रोक्न माग गर्दै आएका हुन्। संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेनले केबलकार निर्माणको सुरूवाती विन्दु काफ्लेपाटीमा आज बिहान पूजा गर्दै संयुक्त रूपमा केवलकार निमार्णको शिलान्यास गरेका छन्।

Share: