Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ज्युँदो छँदासम्म रास्वपाको सभापति रवि लामिछाने नै हो : डीपी अर्याल – Lekhanpeeth

ज्युँदो छँदासम्म रास्वपाको सभापति रवि लामिछाने नै हो : डीपी अर्याल

236
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले रवि लामिछाने ज्युँदो छँदासम्म पार्टी सभापति हुने बताएका छन् । पोखरामा भएको प्रदर्शनलाई सम्बोधन गर्दै अर्यालले यस्तो बताएका हुन् ।

 

अर्यालले भने, ‘म यही मञ्चबाट के भन्न चाहन्छु भने, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने ज्युँदो रहँदासम्म रवि लामिछाने नै हो ।’ पार्टीमा रविको विकल्पबारे बहस भइरहेका बेला उनको यो प्रतिक्रिया आएको हो । उनले रवि जेलमा पुगे पनि रास्वपाको नेतृत्व गर्ने बताए ।

 

‘यसमा कसले कार्यवाहक सभापति पाउँछ पाउँदैन त्यो गौण कुरा हो,’ उनले भने, त्यसकारण यहाँहरूलाई विश्वस्त पार्न चाहन्छु, उहाँको सभापति पद उहाँ जहाँ बस्नुहुन्छ हिरासतमा रहनुहोला, जेलमा बसे पनि रास्वपाको सभापति रवि लामिछाने नै हो ।’

Share: