Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
निर्मला पन्त प्रकरणको प्रत्यक्षतर्शी दावी गर्ने अर्याल रिहा – Lekhanpeeth

निर्मला पन्त प्रकरणको प्रत्यक्षतर्शी दावी गर्ने अर्याल रिहा

171
0
Share:

काठमान्डौ/कञ्चनपुरको महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रत्यक्षदर्शी दावी गर्ने गोरखाका नवराज अर्याल रिहा भएका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बुधबार उनलाई पन्त प्रकरणमा भ्रामक सूचना फैलाउने गरी अन्तर्वार्ता दिएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

 

उनलाई हिरासतमै राखेर अनुसन्धान गर्ने तयारी गरेको थियो । अन्तिममा उनले कसैको उक्साहटमा त्यस्तो बयान दिएको नपाइएको र आफूतिर अरुको ध्यान मात्र तान्न खोजेको बताएपछि बोलाएका बेला आउने गरी हाजिर जमानतमा छाडिएको ब्युरोका एक अधिकृतले बताए।

 

आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुठो विवरण अन्र्तवार्तामा दिएको प्रहरीको भनाइ छ।
आर्यालसँग अन्तर्वाता लिने पत्रकार ऋषि धमलासँग पनि प्रहरीले सोधपुछ गरेको थियो ।

Share: