Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भारतको मणिपुर राज्यमा फेरि भड्कियो हिंसा – Lekhanpeeth

भारतको मणिपुर राज्यमा फेरि भड्कियो हिंसा

173
0
Share:

काठमान्डौ/भारतको मणिपुर राज्यमा फेरि हिंसा भड्किएको छ। मणिपुर र असम सीमानजिक जिरी नदीमा एक महिला र दुई बच्चाको शव फेला परेपछि हिंसा भड्किएको हो।

 

शुक्रबार जिरी नदीमा एक महिला र दुई जना बच्चाको शव बरामद भएको थियो। हिंसा भड्किएपछि मणिपुरको राजधानी सहर इम्फालमा कर्फ्यु लगाइएको छ। हिंसा अनियन्त्रित हुनसक्ने भन्दै स्थानीय प्रशासनले त्यहाँ कर्फ्यु आदेश जारी गरेको हो।

 

इम्फालका प्रहरी प्रमुखले जिल्लामा स्थिति बिग्रिँदै गएपछि कर्फ्यु आदेश जारी भएको बताएका छन्। उनका अनुसार संवेदनशील स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

 

इम्फालमा प्रदर्शनकारीहरूले हिंसा मच्चाएको प्रहरीको भनाइ छ।

Share: