प्रचण्डद्वारा पूर्वसभामुख ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जली अर्पण

83
0
Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 

प्रचण्डले ज्ञानेश्वरस्थित सानो गौचरणमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका हुन् । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

 

सानोगौचरणमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने ढुंगानाको परिवारले जानकारी दिएको छ । नेपाल सरकारले उनको अन्त्येष्टि राजकीय सम्मानका सा गर्ने निर्णय गरेको छ ।

Share: