Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
वायु प्रदूषणका कारण भारतमा विद्यालय बन्द – Lekhanpeeth

वायु प्रदूषणका कारण भारतमा विद्यालय बन्द

149
0
Share:

काठमान्डौ/भारतको राजधानी नयाँ दिल्ली क्षेत्र र वरपरको वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरिएको छ । विद्यार्थीलाई घरबाटै अनलाइनमार्फत शिक्षा दिन सुरु गरिएको हो ।

 

केही दिनदेखि सहर गम्भीर वायु प्रदूषणसँग लडिरहेको छ । सहर र बाहिरी इलाकामा प्राथमिक र माध्यमिक विद्यालयहरू सावधानीका रूपमा बन्द गरिएको छ ।

 

सहरका दुई ठूला विश्वविद्यालयले खराब हावाको गुणस्तरलाई ध्यानमा राख्दै सबै कक्षा अनलाइन सञ्चालन गर्ने निर्णय गरेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Tagsindia
Share: