Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पाौडेल – Lekhanpeeth

नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पाौडेल

158
0
Share:

काठमान्डौ/सरकारले सार्वभौम क्रेडिट रेटिङमा नेपालले प्राप्त गरेको सफलताले सरकार, निजी क्षेत्र र सम्पूर्ण लगानीकर्ताहरुको लागि उत्साह सिर्जना भएको जनाएको छ।

 

नेपालले सार्वभौम क्रेडिट रेटिङमा बीबी माइनस स्कोर प्राप्त गर्न सफल भएपछि शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले सरकार, निजी क्षेत्र र सम्पुर्ण लगानीकर्ताहरुको लागि उत्साह सिर्जना भएको र लगानीका लागि अनुकुल स्थान भएको सन्देश गएको बताएका हुन्।

 

सार्वभौम क्रेडिट रेटिङलाई विश्वका लगानीकर्ता तथा वित्तीय सेवा प्रदान गर्ने निकायले कुनै पनि मुलुकको लगानीको वातावरण मूल्यांकनको आधारको रुपमा लिने गरेको उनले बताए। उनले नेपालको सार्वभौम क्रेडिट रेटिङले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय समुदायसम्म प्रस्तुत गरेको र यसले सकारात्मक सन्देश दिएको धारणा राखे।

 

सार्वभौम क्रेडिट रेटिङ विगतका तथ्यांक विश्लेषणको नतिजा मात्र नभएर भविश्यपरक दृष्टिकोण समेत भएको भन्दै पौडेलले यसले अर्थतन्त्रको भावी दिशा र संभावनाको आंकलन गर्दै भविश्यमा आफ्नो ऋण दायित्व पूर्णरुपमा र समयमै भुक्तानी गर्न सक्ने क्षमताको मापन गर्ने उल्लेख गरे।

 

नेपालको सार्वभौम क्रेडिट रेटिङमा हाल प्राप्त गरेको नतिजाले नेपाल लगानीको लागि सहज वातावरण भएको स्थापित गरेकोले विदेशी लगानीकर्ताको विश्वास अभिवृद्धि हुने उहाको विश्वास छ। उनले भावी दिनमा नेपालको पूर्वाधार, पर्यटन, कृषि, सेवा लगायतका क्षेत्रका ठूला आयोजनाहरुमा लगानी अभिवृद्धि हुने अपेक्षा गरिएको जानकारी दिए।

Share: