Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
परराष्ट्र मन्त्री राणा जापान जाने कार्यक्रम स्थगित – Lekhanpeeth

परराष्ट्र मन्त्री राणा जापान जाने कार्यक्रम स्थगित

233
0
Share:

काठमाडौं/परराष्ट्र मन्त्री आरजु राणा देउवा जापान जाने कार्यक्रम स्थगित भएको छ।

 

परराष्ट्र मन्त्री राणा सोमबार जापान जाने र त्यहीँबाट चीन भ्रमणमा जाने कार्यक्रम थियो।

 

स्वास्थ्य उपचारका लागि परराष्ट्र मन्त्री राणा जापान जाने पूर्वनिर्धारित कार्यक्रम रहे पनि चिकित्सकहरूको समय नमिलेका कारण स्थगित भएको परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए।

 

उहाँ (परराष्ट्र मन्त्री) आज जापान जाने कार्यक्रम थियो तर चिकित्सकहरूको समय नमिलेका कारण जापान जाने कार्यक्रम स्थगित भएको छ,’ उनले भने।

 

परराष्ट्र मन्त्री राणा बिहीबार चीन भ्रमणमा जाने कार्यक्रम छ। शुक्रबार उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

 

प्रधानमन्त्री केपी शर्मा ओली पनि चीन भ्रमणमा जाँदैछन्। मंसिर १७ गतेदेखि २१ गतेसम्म प्रधानमन्त्री ओलीले चीन भ्रमणको तयारी गरेका हुन्।

 

प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानमन्त्री र राष्ट्रपतिसँग मंसिर १८ गते छुट्टाछुट्टै भेटवार्ता गर्ने स्रोतको भनाइ छ।

Share: