Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ? – Lekhanpeeth

एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

346
0
Share:

काठमाडौं/नेपाली बजारमा सोमबार एकैदिन सुनको भाउ १६ हजार रुपैयाँले घटेको छ । सुनको भाउ अघिल्लो दिन आईतबारको तुलनामा १५ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएपछी सुनचाँदीमा भारी गिरावट आएको हो । जसमा सुनमा भन्सार महसुल दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ ।

 

यस्तै, चाँदीमा लाग्ने भन्सार महसुल दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ । मंसिर ६ गते मन्त्रिपरिषद्को बैठकले महसुल दर घटाउने निर्णय गरेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

 

आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।

 

आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ।

 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Share: