Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सर्वोच्च अदालतको बोर्डमा कालो पोतेर बिनु यादवको विरोध – Lekhanpeeth

सर्वोच्च अदालतको बोर्डमा कालो पोतेर बिनु यादवको विरोध

182
0
Share:

काठमाडौं/घरेलु हिंसापीडित बिनु यादवले सर्वोच्च अदालत परिसरमा राखिएको बोर्डमा कालो रङ छ्यापेर विरोध गरेकी छन्।

 

विरोध प्रदर्शनका क्रममा यादवलाई प्रहरीले पक्राउ गरेको छ। उनले मंगलबार सर्वोच्चको मुल गेट नजिकको बोर्डमा कालो छ्यापेकी थिइन्। उनले पठाओमा आएर सर्वोच्चको बोर्डमा कालो छ्यापेको प्रहरीले जनाएको छ।

 

यादवसँग विवाह गरेका रामेछापका एक युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएकोमा अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनी आन्दोलित बन्दै आएकी छन्।

Share: