Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी – Lekhanpeeth

बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी

160
0
Share:

काठमाडौं/शहिद स्मारक ‘बी’ डिभिजन लिगका १४ मध्ये १० क्लबले ३ वर्षअघिको लिगको बक्यौता रकम नपाएसम्म लिग नखेल्ने बताएका छन्।

 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको मिति सार्वजनिक गरेको एक सातापछि १० क्लबले एन्फाले एकलौटी निर्णय लाद्न खोजेको आरोप लगाएका हुन्। उनीहरुले सामूहिक रुपमा प्रेस विज्ञप्ति जारी गर्दै बक्यौता रकम नपाएसम्म लिग नखेल्ने लडान लिएका हुन्।

 

मंसिर ६ गते एन्फा र क्लबका पदाधिकारीबीचको बैठकले माघ १३ गतेबाट ‘बी’ डिभिजन लिग सञ्चालन गर्ने निर्णय गरेको थियो। बैठकले मंसिर २१ गतेभित्र क्लब दर्ता गर्ने र पुस १३ गते तालिका सार्वजनिक गर्ने निर्णय गरेको थियो।

 

विज्ञप्ति जारी गर्नेमा अन्नपूर्ण क्लब, मध्यपुर युथ एसोसियसन, सरस्वती युवा क्लब, बिग्रेड ब्वाइज, नयाँबस्ती युथ क्लब, विरगन्ज युनाइटेड, टुसार युथ क्लब, ब्वाइज युनियन, च्यासल युथ क्लब र झापा फुटबल क्लबले बक्यौता रकम माग गरेका हुन्।

 

बी डीभिजन लिग पछिल्लो पटक ३ वर्षअघि भएको थियो।

Share: