Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दुर्गा प्रसाईंको मुद्दा न्यायाधीशद्वय पौडेल र पाण्डेयको इजलासमा – Lekhanpeeth

दुर्गा प्रसाईंको मुद्दा न्यायाधीशद्वय पौडेल र पाण्डेयको इजलासमा

Share:

काठमान्डौ/साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई गैरकानुनी थुनामा राखिएको दाबीसहितको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज पेसी तोकिएको छ। न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

 

यसअघि रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले कारण देखाउ आदेश जारी गर्दै बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको थियो। प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै गत शुक्रवार उनका छोरा नीराजन प्रसाईंले सर्वोच्चमा निवेदन दिएका थिए । उक्त निवेदनमा अदालत उपस्थित गराउन आदेश गरेपछि मंगलबार उनलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो।

 

साइबर अपराधसम्बन्धी कसुरमा उनलाई प्रहरीले गत मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।

 

उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेका थिए ।

Share: