काठमाडौं उपत्यकामा वायुको गुणस्तर खस्कियो

53
0
Share:

काठमान्डौ/काठमाडौं उपत्यकाको वायु गुणस्तर खस्किएको छ ।

 

युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स आइतबार बिहान ९ः४५ मिनेटको मापन अनुसार काठमाडौंको उपत्यकामा पर्ने ललितपुरस्थित पाटन क्षेत्रको वायु गुणस्तर १७५ एक्यूआई, काठमाडौं क्षेत्रको १६१ एक्यूआई र भक्तपुरको क्षेत्रमा १५५ एक्यूआई मापन गरिएको छ ।

 

स्वास्थ्यका दृष्टिकोणले वायु गुणस्तर सूचकाङ्क ०–५० एक्यूआई हुँदा राम्रो, ५१–१०० एक्यूआई हुँदा मध्यम, १०१–१५० एक्यूआई हुँदा संवेदनशील समूहका लागि अस्वस्थ हुने गर्दछ । यस्तै, सो सूचकाङ्क १५१–२०० एक्यूआई पुगेमा अस्वस्थ, २०१ – ३०० एक्यूआई निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत वातावरण विभागले जनाएको छ ।

Share: