मन्त्रीपरिषद बैठक बस्दै, बिआरआइ सम्झौताका बारेमा छलफल हुने

67
0
Share:

काठमान्डौ/प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । भोली देखी सुरू हुन लागेको चीन भ्रमणको पुर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

 

प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्नेछ ।

 

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुनेछ । चीनसँग हुन गइरहेको बिआरआइ सम्झौताका बारेमा पनि छलफल हुने बुझिएको छ ।

 

Share: