५८ प्रतिशत मत खस्यो, ६० प्रतिशत मतदान हुने अनुमान

Share:

काठमान्डौ/स्थानीय तह उपनिर्वाचनको मतदान अन्तिमतिर पुगेको छ। मतदानको समय ४५ मिनेट बाँकी रहँदा समग्रमा ५८ प्रतिशत भन्दा बढी मत खसेको छ।

 

बिहान ७ बजेबाट सुरु भएको मतदान दिउँसो ४:१५ बजेसम्म समग्रमा प्रतिशत बढी मतदान सम्पन्न भएको हो। अझै पनि मतदान केन्द्रमा मतदाताको भिड देखिएको छ। कुल आयोगले ६० प्रतिशतको हाराहारीमा मत खस्ने अनुमान निर्वाचन आयोगले गरेको छ ।

 

आयोगले जनाए अनुसार सबै स्थानमा मतदाताले उत्साहजनक रुपमा मतदान गरिरहेका छन्। अहिलेसम्म सबै स्थानमा शान्तिपूर्ण ढङ्गले मतदान पनि भइरहेको छ। पाँच बजेसम्म मतदान जारी रहने छ।

Share: