Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ग्रामथानको अध्यक्षमा एमाले, नलगाडको उपप्रमुख र त्रियुगा –१२ को वडाध्यक्षमा ओवादी केन्द्र तथा ठाकुरबाबा –४ को वडाध्यक्षमा कांग्रेस विजयी – Lekhanpeeth

ग्रामथानको अध्यक्षमा एमाले, नलगाडको उपप्रमुख र त्रियुगा –१२ को वडाध्यक्षमा ओवादी केन्द्र तथा ठाकुरबाबा –४ को वडाध्यक्षमा कांग्रेस विजयी

226
0
Share:

काठमान्डौ/मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नमोनारायण माझीले छ हजार नौ सय ६९ मत ल्याएर निर्वाचित भएका छन्।

 

आइतबार सम्पन्न उपनिर्वाचनमा उनको निकटतम् प्रतिस्पर्धीमा नेपाली कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत ल्याएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । गत असार ३ गते ग्रामथानका तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो ।

 

गुलरिया (बर्दिया), बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारुले एक हजार ४३ मत प्राप्त गरेर विजयी भएका छन् । उनको निकटतम प्रतिस्र्धी नेकपा (माओवादी केन्द्र)का छ सय ७८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काँक्रेविहार (सुर्खेत) , जाजरकोट नलगाड नगरपालिकामा भएको उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवका लामिछानले चार हजार दुई सय ७२ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।

 

उनको निकटतम प्रतिस्धी नेपाली कांग्रेसका उम्मेदवार इन्द्राचन्द सिंहले तीन हजार एक सय ४७ मत प्राप्त गरेको सहायक मतदान अधिकृत धर्मबहादुर बुढाले जानकारी दिए । उनका अनुसार सोह्र हजार चार सय ४९ मतदाता मध्ये १० हजार छ सय छ मत खसेको थियो ।

 

उदयपुर (गाईघाट), त्रियुगा नगरपालिका–१२ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नवीनकुमार बान्तावा राईले नौ सय २३ विजयी भएका छन् । आइतबार सम्पन्न स्थानीय तह निर्वाचमा उनको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले)का लक्ष्मीनारायण चौधरीले छ सय आठ मत प्राप्त गरेको निर्वाचन कार्यलयले जनाएको छ ।

Share: