Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कीर्तिपुरमा पाँच वडाको मतगणना सकियो, कांग्रेसका डंगोललाई ५४६ मतको अग्रता – Lekhanpeeth

कीर्तिपुरमा पाँच वडाको मतगणना सकियो, कांग्रेसका डंगोललाई ५४६ मतको अग्रता

Share:

काठमान्डौ/कीर्तिपुर नगरपालिका प्रमुखको निर्वाचन अन्तर्गत पाँच वडाको मतगणना सकिएको छ। पछिल्लो मतगणना अनुसार पाँच वडाको मतगणना सकिँदा नेपाली कांग्रेसका उमेदवार कृष्णमान डंगोलले दुई हजार ९३० मतसहित अग्रता लिइरहेका छन्।

 

डंगोललाई नेकपा (एमाले)का उमेदवार सुरेन्द्र मानन्धरले पछ्याइरहेका छन्। मानन्धरले दुई हजार ३८४ मत ल्याएका छन् । डंगोल र मानन्धरविच ५४६ को मतान्तर छ। नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवशरण महर्जनले दुई हजार १०१ मत पाएका छन्।

 

यस्तै, स्वतन्त्र उमेदवार राजमान महर्जनले एक हजार ११३ मत पाएका छन्। अर्का स्वतन्त्र उमेदवार दिनेश अधिकारीले ९१७ र कविकुमार महर्जनले ७०८ मत ल्याएका छन्।

Share: