Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, कर्णाली याक्स पराजित – Lekhanpeeth

जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, कर्णाली याक्स पराजित

233
0
Share:

काठमान्डौ/सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कप्तान अनिलकुमार साहको अर्धशतकीय पारीको मद्दतमा जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ। जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा लगातार विजयी भएको हो।

 

यसअघि शनिबार सम्पन्न पहिलो खेलमा जनकपुर वोल्ट्स विराटनगर किङ्ग्ससित आठ विकेटले नै विजयी भएको थियो। जितसँगै जनकपुर बोल्ट्स अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ४१ रन बनायो। एक सय ४२ रनको विजयी लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव एक ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्‍यो। जनकपुर वोल्ट्सका लागि कप्तान अनिलकुमार साहले अविजित ६२ रन बनाए। उनले ४२ बल खेल्ने क्रममा तीन छक्का र छ चौका प्रहार गरे।

 

 

यस्तै आशिफ शेखले २९ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा ३६ रनको योगदान दिए। श्रीलंकाली खेलाडी लाहिरु मिलन्थाले १३ बल खेल्दै दुई छक्का र दुई चौकासहित २४ रन बनाए। जिमी निशिमले आठ बलमा अविजित १६ रन बनाए। यसमा उनको एक छक्का र दुई चौका सामेल थियो।

 

बलिङतर्फ कर्णाली याक्सका लागि जिशम मक्सुद र मौसम ढकालले एक एक विकेट लिए।

 

यसअघि पहिला ब्याटिङ गरेर एक सय ४१ रनको योगफल तयार गर्ने क्रममा कर्णाली याक्सका लागि गुल्सनकुमार झाले २७ बल खेल्दै तीन छक्का र एक चौकाको सहयोगमा सर्वाधिक ३६ रन जोडे। त्यस्तै अर्जुन घर्तीले २२ बलमा दुई चौका र दुई छक्का हान्दै ३३ रन बनाए। कप्तान सोमपाल कामीले अविजित २९ रनको योगदान दिए। उनले १३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरे। भारतीय खेलाडी शिखर धवनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १४ रन बनाए। यस्तै हङकङका बाबर हायातले १२ रन बनाए।

 

 

बलिङतर्फ जनकपुर बोल्ट्सका लागि पाकिस्तानी खेलाडी मोहम्मद मोहसिन खानले दुई, जिमी निशम, हर्ष ठाकेर, ललितनारायण राजवंशी र किहोर महतोले एक/एक विकेट लिए।

Share: