
काठमान्डौ/स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसदिन सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेर प्रतितोला एक हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।