नरेशमाथि श्रीमतीको हत्या गरी शव लुकाएको मुद्दा दर्ता

72
0
Share:

काठमान्डौ/अमेरिकामा नेपाली नर्स ममता काफ्लेको हत्या गरी शव लुकाएको आरोपमा उनकै श्रीमान् नरेश भट्टमाथि मुद्दा दर्ता भएको छ । जुलाई महिनाको अन्त्यतिर श्रीमतीको हत्या गरेर नरेशले शव लुकाएको आरोपमा मुद्दा दर्ता भएको छ ।

 

यसअघि नरेशमाथि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरेको थियो । उनी भूपू अमेरिकी सेनासमेत हुन् । उनलाई मंगलबार अदालतमा पेस गरिने र यही समयमा उनीमाथि औपचारिक रूपमा अभियोग लगाइने समाचारमा उल्लेख गरिएको छ ।

 

उनीहरू बस्दै आएका घरको कोठामा फेला परेको रगतको डीएनए जाँच गरिएको थियो । जाँचमा उक्त रगत ममताकै भएको पुष्टि भएको मानसास पार्क प्रहरी प्रमुख मारियो लुगोले बताएका थिए । ममताको हत्या भएको पुष्टि भए पनि उनको शव फेला पर्न सकेको छैन । यता, यसबारे नरेशले केही बताएका छैनन् । शवको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Share: