Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एभरेस्ट बेसक्याम्प अवलोकन गरेर शिखर धवन स्वदेश फिर्ता – Lekhanpeeth

एभरेस्ट बेसक्याम्प अवलोकन गरेर शिखर धवन स्वदेश फिर्ता

179
0
Share:

काठमान्डौ/नेपाल प्रिमियर लिए (एनपीएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेस्ट बेसक्याम्पको अवलोकन गरेका छन् । उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार एभरेस्ट बेसक्याम्पको अवलोकन गरेका हुन् । उनीहरूले ३-४ घण्टा एभरेस्ट बेसक्याम्पमा बिताएका थिए ।

 

एभरेस्ट बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन् । यसअघि उनले पशुपतिनाथ मन्दिरको दर्शन समेत गरेका थिए । शिखरले आउँदो मार्चमा नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेका छन् ।

 

कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्ध शतकसहित १३६ रन बनाए । उनलाई कर्णालीले प्रत्येक खेलको ३० हजार डलर पारिश्रमिक दिने गरी एनपीएलमा भित्राएको थियो । भारत फर्किएका उनले नेपालमा एनपिएल खेल्दा राम्रो अनुभव भएको बताएका छन् ।

Share: