Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रवि दुर्व्यवहार प्रकरणमा मानव अधिकार आयोगले छलफलका लागि बोलायो आईजीपी कुँवर – Lekhanpeeth

रवि दुर्व्यवहार प्रकरणमा मानव अधिकार आयोगले छलफलका लागि बोलायो आईजीपी कुँवर

173
0
Share:

काठमान्डौ/पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि चितवन प्रहरीले दुर्व्यवहार गरेको उजुरीपछि राष्ट्रिय मानव अधिकार आयोगले छलफल गर्ने भएको छ।

 

रविमाथि चितवन प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै उनकी पत्नी निकिता पौडेलले मानव अधिकार आयोगमा उजुरी दिएकी थिइन्।

 

उजुरीपछि छलफलका लागि आयोगले नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरलाई बोलाएको छ। उक्त विषयमा छ्लफल भइरहेको आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले बताएका छन्।

 

रविमाथि अमानवीय व्यवहार भएको उजुरीपछि आयोगले स्थलगत अनुगमनसमेत गरेको छ।

Share: