Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पर्सामा आजबाट रवि लामिछानेको बयान सुरू हुँदै – Lekhanpeeth

पर्सामा आजबाट रवि लामिछानेको बयान सुरू हुँदै

139
0
Share:

काठमान्डौ/पूर्वउपप्रधान तथा गृह मन्त्री रवि लामिछानेसँग आजबाट बयान लिइने भएको छ। पोखराबाट काठमाडौं हुँदै बिरगञ्ज ल्याइएका लामिछानेसँग आजबाट बयान सुरू गर्न लागिएको हो। हिजो साँझ उनको स्वास्थ्य परीक्षण गरिएको थियो, जसअनुसार उनको ब्लड प्रेसर १६०–११० मापन गरिएको थियो।

 

सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याएको हाे। सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाइ गत गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो।

 

जिबी राइ नेतृत्वको सहकारीहरूवाट ग्यालेक्सी टेलिभजनमा लगानी गर्दा उनी पनि संलग्न भएको उजुरी पछि उनलाइ कास्की प्रहरीले पक्राउ गरेको हो। त्यसपछि सोही प्रकरणमा कास्कीसहित रूपेन्देही, काठमाडौं, चितवनमा उनको बयान लिइसकेको छ। अब मंगलबार बिहानवाट उनको वीरगञ्जमा बयान सुरू हुनेछ।

Share: