Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रविविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै – Lekhanpeeth

रविविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

203
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता हुने भएको छ। सहकारी ठगी अपचलन प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा रवि लामिछानेविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो।

 

यस अघि शुक्रबार पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीबाहेक १९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

 

बाँकी प्रतिवादी विरुद्ध आज मुद्दा गराउने तयारी गरिएको हो । कात्तिक २ गते पक्राउ परेका रास्वपा सभापति लामिछाने प्रहरी हिरासतमै छन् ।

Share: