Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चितवनविरुद्ध रोहितले बनाए अर्धशतक – Lekhanpeeth

चितवनविरुद्ध रोहितले बनाए अर्धशतक

127
0
Share:

काठमान्डौ/नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध ब्याटिङ गरिरहेका लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन्।

 

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेपछि चितवनका कप्तान कुशल मल्लले लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएका थिए। ब्याटिङमा उत्रिएका रोहितले ४३ बलमा ५० रन जोड्दै अर्धशतक पूरा गरेका हुन्।

 

लगातार चार खेलमा पराजित भएको लुम्बिनी आज पहिलो जितको खोजिमा छ। चितवन राइनोज अंक तालिकाको तेस्रो स्थानमा छ। उसले हालसम्म चार खेल खेलेको छ। तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अंक छ।

 

चितवन राइनोजले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो। तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो । यस्तै लुम्बिनी लायन्स चारवटै खेलमा हार बेहोर्दै अंक तालिकाको पुछारमा छ।

Share: