Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढ्यो – Lekhanpeeth

सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढ्यो

158
0
Share:

काठमान्डौ/सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा सुन कारोबार भएको थियो ।

 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । सोमबारको तुलनामा आज ६० रुपैयाँले बढेको हो ।

 

सोमबार प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भएकामा आज प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share: