चार महिनामा वाणिज्य बैंकहरुको नाफा २२ अर्ब २९ करोड

Share:

काठमान्डौ/नेपालमा सञ्चालित २० वटा वाणिज्य बैंकहरुले २२ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले २२ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएका हुन् ।

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी नबिल बैंकले खुद नाफा आर्जन गरेको छ । नबिल बैंकले २ अर्ब ६९ करोड कमाएको छ ।

 

सबैभन्दा बढी नाफा कमाउनेको दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले कात्तिक मसान्तसम्ममा २ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ । सर्वाधिक नाफा कमाउनेको तेस्रोमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८२ करोड रुपैयाँ आर्जन गर्दा प्राइम कर्मसियल बैंकले १ अर्ब ६२ करोड नाफा आर्जन गरेको छ ।

 

त्यस्तै, यस अवधिमा कुमारी बैंकले १ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाउँदा एभरेष्ट बैंकले १ अर्ब ५० करोड र एनएमबी बैंकले १ अर्ब ४८ करोड कमाएको छ ।

 

यसका साथै प्रभु बैंकले १ अर्ब २३ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १३ करोड, लक्ष्मी सनराइज बैंकले १ अर्ब ६ करोड र नेपाल एसबिआइ बैंकले १ अर्ब रुपैयाँ यस अवधिमा नाफा कमाएका छन् ।

 

यस अवधिमा नेपाल बैंकले ९३ करोड ८८ लाख रुपैयाँ नाफा कमाउँदा हिमालयन बैंकले ९१ करोड ८८ लाख रुपैयाँ कमाएको छ । यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड ३७ लाख, माछापुच्छ्रे बैंकले ६८ करोड ९७ लाख, सिद्धार्थ बैंकले ६६ करोड ७८ लाख, सानिमा बैंकले ६५ करोड १३ लाख, सिटिजन बैंकले ४३ करोड ८६ लाख र एनआइसी एशिया बैंकले ३८ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

Share: