Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
वायु प्रदुषणका कारण इरानमा विद्यार्थी र कर्मचारीलाई घरमै बस्न निर्देशन – Lekhanpeeth

वायु प्रदुषणका कारण इरानमा विद्यार्थी र कर्मचारीलाई घरमै बस्न निर्देशन

123
0
Share:

काठमान्डौ/इरानमा ‘अस्वस्थ’ वायु प्रदूषण हुँदा त्यहाँको सरकारले विद्यार्थी र सरकारी कर्मचारीलाई घरभित्रै बस्न आदेश दिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानको राजधानी तेहरानमा बुधबार र बिहीबार ‘अस्वस्थ’ वायु प्रदूषणका कारण सरकारले विद्यार्थी र सरकारी कर्मचारीलाई घरभित्रै बस्न आदेश दिइएको हो।

 

उच्च प्रदूषणको स्तर रहेको तेहरानमा हालैका दिनहरूमा धुवाँ तथा तुवालोका कारण प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। अल्बोर्ज पर्वतको दक्षिणी फेदमा अवस्थित तेहरानमा बुधबार वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १७० पुगेको छ।

 

राजधानीमा केही विशिष्ट शाखाबाहेक सबै सङ्ग्रहालय र बैङ्कहरू बन्द गरिएको थियो। इरानको चार सय ३५ मिटर अग्लो ऐतिहासिक मिलाद टावर बुधबार बिहान मुस्किलले देखिएको थियो।

 

प्रदूषणले मध्य इरानको इस्फाहान र उत्तरपश्चिमको ताब्रिजलगायत अन्य प्रमुख शहरहरूमा पनि प्रभाव पारिरहेको छ। सरकारी टेलिभिजनका अनुसार दक्षिणपश्चिममा रहेको अहवाजमा पनि प्रदूषणको मात्रा उच्च रहेको ले जनाएको छ।

 

केही औद्योगिक पूर्वाधारको जीर्ण अवस्था, पुरानो सवारी साधनको र गुणस्तरहीन पेट्रोलका कारण प्रदूषण बढेको स्थानीय सञ्चारमाध्यमले बताएका छन्। इरानका स्वास्थ्यमन्त्री मोहम्मद–रेजा जफरघान्डीका अनुसार वायु प्रदूषणका कारण हरेक वर्ष देशभर करिब ५० हजार मानिसको अकालमा मृत्यु हुने गरेको छ।

Share: