Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपालमा लगानीको अनुकूल वातावरण सिर्जना हुँदै : अर्थमन्त्री पौडेल – Lekhanpeeth

नेपालमा लगानीको अनुकूल वातावरण सिर्जना हुँदै : अर्थमन्त्री पौडेल

127
0
Share:

काठमान्डौ/उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानीका लागि अनुकूल वातावरण सिर्जना हुँदै गएको बताएका छन्। सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाको अर्थ समिति बैठकमा बोल्दै उनले यस्ताो धारणा राखेका हुन्।

 

सार्वभौम क्रेडिट रेटिङमा नेपालमा लगानीका निम्ति अनुकूल वातावरण सिर्जना भएको सन्देश विश्वसमुदायमा गएको उनको भनाइ थियो। अहिले मुलुकको अर्थतन्त्र सुधारतर्फ अघि बढे पनि दबाबमुक्त भइनसकेको उनले बताए।

 

राजस्व छुटका विषयमा मन्त्रालय होसियार रहेको र राजस्व चुहावट रोक्न समेत ध्यान केन्द्रित गरेको उनको भनाइ छ। अहिले बैंकमा थुप्रिएको रकम उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी गर्नका लागि आवश्यक पहल भइरहेको पनि उनले बताए। सहकारी र लघुवित्तको समस्या समाधानका विषयमा धेरै छलफल भएको र छलफल निष्कर्षोन्मुख रहेको उनले बताए।

Share: