Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ब्रायन लारा आज नेपाल आउँदै – Lekhanpeeth

ब्रायन लारा आज नेपाल आउँदै

182
0
Share:

काठमान्डौ/वेस्ट इन्डिजका महान् क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदैछन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार लारा नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी हुन आज नेपाल आउन लागेका हुन् । उनी बिहान ८:२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन् ।

 

क्यारेबियन राष्ट्र ट्रिनिडाड एन्ड टोबागोका ५५ वर्षीय लाराले टेस्ट र एकदिवसीय क्रिकेटमा १० हजारभन्दा बढी रन बनाएका छन्। टेस्ट क्रिकेटमा एकै पालिमा अविजित ४ सय रन बनाउने कीर्तिमान लाराकै नाममा छ। उनी टेस्ट क्रिकेटको एउटै पालिमा ४ सय रन बनाउने एकमात्र खेलाडी हुन्।

 

उनले सन् २००४ मा एन्टिगुवामा भएको इङ्ल्यान्डविरुद्धको चौथो टेस्टमा अविजित ४ सय रन बनाएका थिए। उनले सन् २००३ मा टेस्ट क्रिकेटमै दक्षिण अफ्रिकाविरुद्धको खेलमा एकै ओभरमा २८ रन बनाउँदै कीर्तिमान रचेका थिए। उनको यो कीर्तिमान सन् २०२२ मा भारतका जसप्रीत बुमराहले तोडेका थिए।

 

उनलाई क्यानका पदाधिकारीले विमानस्थलमा स्वागत गर्नेछन्।

Share: