पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना

82
0
Share:

काठमान्डौ/सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ ।

 

बिहीबार स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको थियो । सो क्रममा डाक्टर अस्पताल भर्ना गर्नुपर्ने बताएपछि उनलाई भर्ना गरिएको हो । जोशी ६ असोजमा काठमाडौँको शंखमुलबाट पक्राउ परेका थिए । त्यसयता उनी प्रहरी हिरासतमा छन् ।

 

उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।

Share: