Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुदूरपश्चिम यात्रामा निस्कँदै शेखर कोइराला – Lekhanpeeth

सुदूरपश्चिम यात्रामा निस्कँदै शेखर कोइराला

209
0
Share:

काठमान्डौ/नेपाली काँग्रेस नेता डा. शेखर कोइराला सुदूरपश्चिम प्रदेश यात्रामा निस्कने भएका छन्। १५ औँ महाधिवेशनमा सभापतिबाट नेतृत्व हत्याउने दाउमा रहेका शेखर देश दौडाहामा लागेका हुन्।

 

कोइरालाले पछिल्लो समय महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन्। मंसिर १८ कोशी प्रदेशका पालिका सभापति भेला राखेका कोइरला भोलिबाट यात्रामा निस्किन लागेका हुन्। कोइरालाले सुदूरपश्चिमका अधिकांश जिल्लाका नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यसूची तय भएको छ। भोलि कैलालीमा जिल्लागत भेटघाट गर्नेछन्।

 

पुस ६ गते नेपाल प्रजातन्त्र सेनानी संघ सुदुरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको कोइराला सचिवालयले जनाएको छ।

 

सुदूरपश्चिम काँग्रेस सभापति शेरबहादुर देउवाको गृहप्रदेश पनि हो। देउवाले आगामी महाधिवेशन समयमै नगर्ने आशंका व्यक्त गर्दै दबाब बढाउन पछिल्लो समय देश दौडाहमा लागिरहेका छन्।

Share: