Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ब्राजिलमा टक र बस ठोक्किदा २२ जनाको मृत्यु – Lekhanpeeth

ब्राजिलमा टक र बस ठोक्किदा २२ जनाको मृत्यु

168
0
Share:

काठमान्डौ/ब्राजिलमा भएको एक भयानक दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । नास गेराइस राज्यको राजमार्गमा सो दुर्घटना भएको हो । सो दुर्घटनामा धेरै मानिसहरु घाइते भएका छन् र उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । उद्धार टोली र दमकलको टोली घटनास्थलमा पुगेको छ ।

 

मिनास गेराइस राज्य ब्राजिलको दक्षिण पूर्वी भागमा अवस्थित छ। उद्धार विभागका अनुसार जसमा १३ जना घाइते भएका छन् । जसलाई उपचारका लागि टियोफिलो ओटोनी सहर नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

 

मिडिया रिपोर्टका अनुसार यो बस साओ पाउलोबाट प्रस्थान गरेको थियो। बसमा जम्मा ४५ जना सवार थिए । सुरुमा बस र ट्रक एक आपसमा ठोक्किएको थियो । त्यसपछि पछाडि दौडिरहेको कार पनि दुर्घटनाको शिकार बन्यो । उक्त कारमा तीन जना सवार रहेको बताइएको छ । जसलाई सामान्य चोट लागेको छ । प्रहरीका अनुसार बसको टायर फुटेका कारण दुर्घटना भएको हो । टायर फुटेपछि चालकले नियन्त्रण गुमाएका थिए ।

 

जसका कारण बस आइरहेको ट्रकसँग ठोक्किएको हो । २२ यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । कारमा सवार तीनै जना भने सकुशल रहेका छन् ।

Share: