Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
५४९ ग्राम सुनसहित दुई भारतीय नागरिक पक्राउ – Lekhanpeeth

५४९ ग्राम सुनसहित दुई भारतीय नागरिक पक्राउ

177
0
Share:

काठमान्डौ/आधा किलो भन्दा बढी अवैध सुनसहित प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले ५४९.२०० ग्राम सुन, नगद र अन्य सामग्रीसहित भारतको पलियाका ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित वर्मालाई पक्राउ गरेको हो।

 

धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहमा शंका लागेपछि चेकजाँच गर्दा यूपी ३२ जेभी ९२०० नम्बरको मोटरसाइकलबाट सुन, ल्यापटप, मोबाइल, ४४ हजार ८१० नेपाली रुपैयाँ र १ हजार २८० भारतीय रुपैयाँ बरामद गरिएको कैलाली प्रहरीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिए।

 

गाडीभित्र राखिएको ज्याकेटको खल्तीमा लुकाइछिपाइ ५४९.२०० ग्राम सुन जस्तो देखिने पदार्थका दुई टुक्रा फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। पक्राउ परेका दुवै जनामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Share: