Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
हनी ट्रयाप मुद्दामा फरार प्रहरी निरीक्षक शाही अदालतमा हाजिर – Lekhanpeeth

हनी ट्रयाप मुद्दामा फरार प्रहरी निरीक्षक शाही अदालतमा हाजिर

Share:

काठमान्डौ/हनी ट्रयाप प्रकरण मुद्दामा फरार देखाएर मुद्दा चलाइएकी ललितपुर भैंसेपाटी प्रभागकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक बिनुकुमारी शाही अदालतमा आफैँ अदालतमा हाजिर भएकी छन्।

 

शाहीको जिल्ला अदालतमा बयान चलिरहेको छ। बयान सकिएपछि थुनछेक आदेश हुनेछ। एकजना व्यवसायीलाई हनी ट्रयापमा पारेको घटनाका मुख्य योजनाकार बताइएका ताजमुल भन्ने तजम्मुल इस्लाम अदालतबाट पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हनी ट्रयापको आरोपमा मुद्दा दर्ता गरेपछि शाही फरार भएकी थिइन्। शाही भैँसेपाटी प्रहरी प्रभागको इन्चार्ज हुँदा पीडितलाई नै हिरासतमा राखिएको सीसीटीभी फुटेजबाट फेला परेपछि अनुसन्धानको घेरामा परेकी हुन्।

 

प्रहरीकै संलग्नतामा रकम बार्गेनिङका लागि झुटो आरोप लगाएर थुनामा राखेर मोटो रकम लिएर छाडेको आरोप उनीविरुद्ध लागेको छ। थुनछेक बहश नसकिए आजै उनलाई थुनामा पठाउने तयारी छ।

Share: