Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लेखा समिति सभापतिका स्वकीयमाथि ठगी आरोप, पदबाट निष्कासन – Lekhanpeeth

लेखा समिति सभापतिका स्वकीयमाथि ठगी आरोप, पदबाट निष्कासन

Share:

काठमान्डौ/संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगी प्रकरणमा मुछिएपछि स्वकीय सचिव अनिल कुमार पोखरेललाई जिम्मेवारीबाट निकालेका छन्।

 

सभापति पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै अनिलविरुद्ध उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै जिम्मेवारीबाट हटाएको जनाएका हुन्।

 

अनुसन्धानमा सहयोग पुगोस् भनेर अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मोरङको रंगेली नगरपालिका-२ घर भई हाल काठमाडौं बस्ने अनिल ३८ लाख ३० हजार रुपैयाँ ठगीमा जोडिएका छन्।

 

उनलाई पक्राउ गरेर अनुसन्धान गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ। अनिलले एमबीबीएसमा नाम निकालिदिने भन्दै रकम ठगी गरेको आरोप लागेको हो।

 

छोरीलाई पार्टीको कोटाबाट एमबीबीएसमा नाम निकालिदिने भनी अनिलले आफूसँग ३८ लाख ३० हजार रुपैयाँ लिएको आरोपमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका-५ बकधुवा निवासी बौआलाल चौधरीले उजुरी दिएका छन्।

Share: