Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चन्द्रागिरिका मेयर गिरिसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता – Lekhanpeeth

चन्द्रागिरिका मेयर गिरिसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता

238
0
Share:

काठमान्डौ/चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिसँग नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरोसहित दूतावासका उच्च पदस्थ पदाधिकारीले भेटवार्ता गरेका छन् ।

 

मंगलबार भएको सो भेटवार्तामा उनीहरू बीचमा आपसी हित र द्विपक्षीय चासोका विषयमा कुराकानी भएको नगरपालिकाले जनाएको छ । सो अवसरमा नगरप्रमुख गिरीले नगरपालिकाबाट भए/गरेका कामका बारेमा राजदूतलाई संक्षिप्त जानकारी गराएका थिए ।

 

उनले नगरपालिकाबाट भैराखेको फोहर मैला व्यवस्थापन, खानेपानी , रोजगारी सिर्जना, सूचना प्रविधिको उपयोग, भगिनी सम्बन्ध लगायतका विषयमा जापान सरकारबाट हुनसक्ने सहयोगका विषयमा पनि राजदूतलाई अवगत गराएका थिए ।

सो अवसरमा कार्यवाहक राजदूत ताकाहिरोले नगरप्रमुख गिरी सहित जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासीद्वारा नागढुंगा सुरुङमार्ग निर्माणका क्रममा भएको समन्वयकारी भूमिकाको लागि धन्यवाद दिए । उनले नगरपालिकाका अन्य क्षेत्रमा पनि हुनसक्ने साथ र सहयोगको लागि जापान सरकार तयार रहेको जानकारी दिए । सोही अवसरमा कार्यवाहक राजदूत ताकाहिरोले नगरपालिकाद्वारा आयोजित स्थानीय उत्पादन प्रदर्शनीको अवलोकन गरेका थिए ।

 

सो अवसरमा नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी, वडाध्यक्षहरू नरेन्द्र श्रेष्ठ, घनश्याम लुइँटेल, प्रल्हाद रिजाल ,श्रीकृष्ण खत्री एवं शिक्षा शाखा प्रमुख सुजन खनाल ,प्रशासन प्रमुख दामोदर रिजाल लगायतको सहभागिता रहेको थियो । नगरपालिकाद्वारा प्रवर्धन गरिएका स्थानीय उत्पादन प्रदर्शनीमा हस्तकला, काष्ठकला,खानाका परिकार लगायत राखिएका थिए ।

Share: